मिड्फिल्डको समस्या हल गर्न म्यान्चेस्टर युनाइटेडले पोर्चुगिज खेलाडी भित्र्याउने

इङलिस क्लब म्यान्चेस्टर युनाइटेडले वुल्भरह्याम्प्टनका पोर्चुगिज मिड्फिल्डर रुबेन नेभेस भित्र्याउने प्रयास गर्ने छन् ।

लामो समय देखिको मिड्फिल्डको समस्या हल गर्ने आशमा म्यान्चेस्टर युनाइटेडले उनलाई भित्र्याउन खोजेको हो ।

वुल्भससंग अझै २ वर्षको सम्झौता रहेको नेभेसलाई भित्र्याउन म्यान्चेस्टर युनाइटेडले £३५ मिलियन युरो दिन तयार रहेको छ ।

पोर्टोबाट वुल्भरह्याम्पत्न आएका नेभेसले केही दिन अघि च्याम्पियन्स लिग खेल्ने इच्छा व्यक्त गरेका थिए ।

उनले वुल्भसका लागि १६७ खेल खेलिसकेका छन् भने पोर्चुगलबाट २६ खेल खेलिसकेका छन् ।