मिडफिल्डर बिक्रम लामा फेरि घाइते

नेपाली फुटबल टिमका अनुभवी खेलाडी बिक्रम लामा घाइते भएका छन । मैत्रीपुर्ण खेलका लागि मलेसिया जानु अगाडी आज विहान भएको अन्तिम दिनको अभ्यासमा डिफेन्डर तथा मिडफिल्डर लामाको गर्धनमा चोट लागेको छ ।

अभ्यासका क्रममा जोडले आएको बललाई हेडिङ गर्ने क्रममा उनको गर्थन लच्किएको थियो । जसका कारण उनले पुरै अभ्यास गर्न पाएनन् । तर उनको चोट त्यति गहिरो नभएको विक्रमले बताए ।

हेडिङ गर्ने क्रममा जोडले आएको बलका कारण घाँटि लच्किएको हो, फिजियोले चोट सामान्य भएको बताएका छन, एक दुई दिन आराम गरेपछि ठिन हुन्छ भनेको छ, विक्रमले बताए । उनले मलेसियाकाे जाहाेर विरूद्द खेल्नेमा विश्वस्त रहेकाे बताए ।

मलेसियाको लिग क्लव जोहार डारुल टाजिमसँगको मैत्रीपुर्ण खेलका लागि नेपाली टिम आज मलेसिया जाँदैछ । जसमा नेपालले सोमबार जोहारसँग मैत्रीपुर्ण खेल खेल्नेछ । तर मैत्रीपुर्ण खेलको दुई दिन अगाडी चोट बोकेका कारण विक्रम केहि दबावमा परेका छन ।

यसपटक नियमित कप्तान विराज महर्जन टिम बाहिर हुनु, त्यसपछि अनुभवी खेलाडी किरण चेम्जोङ, रोहित चन्द, भरत खवास पनि टिममा नभएका बेला नेपालको कप्तानीको जिम्मेवारी विक्रमलाई दिने संभावना पनि रहेको छ ।