माह्रेज चम्किंदा सिटि विजयी

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले टोटनहमविरुद्ध ४–२ को पुनरागमन जित निकालेको छ । यो जितसँगै सिटीले शीर्ष स्थानमा रहेको आर्सनलसँगको दूरी पाँच अंकमा छोट्याएको छ ।

इतिहाडमा भएको खेलमा टोटनहमले पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो । उसका लागि डेजान कुलुसेभ्स्की र एमरसन रोयलले गोल गरे ।

सिटीका लागि दोस्रो हाफको सुरुमै जुलियन एल्भारेज र इर्लिङ हाल्यान्डले गोल गरे । खेलको अन्तिमतिर रियाद माह्रेजले दुई गोल गर्दै सिटीलाई ४–२ को जित दिलाए ।

यो जितपछि सिटीको ४२ अंक भएको छ । ऊ अंक तालिकाको दोस्रोमा छ । ३३ अंक जाेडेकाे टोटनहम पाँचौं स्थानमा रहेको छ ।