माल्दिभ्स लिगमा बिमलको गोल

बिमल घर्ती मगरले शुरुवाती गोल गरे तापनि माल्दिभ्सको दिवेही प्रिमियर लिगमा उनको टोली टिसी स्पोर्टसले दा ग्राण्डी स्पोर्टस क्लबसँग १–१ को बराबरी खेलेको छ ।

बिमलले खेलको ३६औं मिनटमा बक्स भित्रबाट वान टच बलमा टोलीका लागि शुरुवात गोल गरेका थिए । यद्यपि टिसी स्पोर्टस दोस्रो हाफमा सम्हालिन सकेन ।

उता विपक्षी खेलाडीलाई टिसी स्पोर्टसका खेलाडीले बक्स भित्र फल गरेपटि दा ग्राण्डीले पेनाल्टीको अवसर पाएको थियो ।

जसलाई खेलको ६०औं मिनटमा ओबैदा कादुम अहमदले कुनै गल्ती नगरी गोलमा परिणत गरेका थिए । आइतबारको त्यो नतिजापछि ६ खेलबाट १३ अंक जोडेको दा ग्राण्डी दोस्रो स्थानमा छ । उता उता समान खेलबाट ९ अंक जोडेको टिसी स्पोर्टस भने चौथो स्थानमा छ ।