‘माल्दिभ्सलाई जित्न सजिलो हुने छैन’ – कप्तान विराज

ढाकाको बंगबन्धु राष्ट्रिय स्टेडियममा नेपालले ३ः४५ मा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । विराजले आफ्नो कप्तानीमा नेपाललाई साफ च्याम्पियनसिप जिताए भने उनी नेपालका सबैभन्दा सफल कप्तान बन्ने छन् ।

खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै कप्तान महर्जनले नेपाली टोली माल्दिभ्सविरुद्धको खेलका लागि तयार रहेको बताएका हुन् । ‘हामी माल्दिभ्सविरुद्धको खेलमा आत्मविश्वासी भएर खेल्नेछों । यसको अर्थ बढी आत्मविश्वासी भएर भन्ने होइन । उनीहरु कमजोर प्रतिद्धन्द्धी हैन ’ विराजले भने, ‘टिमले पछिल्ला खेलहरुमा निकै राम्रो खेलिरहेका छन् ।

उनीहरुमा आत्मविश्वास बढिरहेको छ । यो टिमको लागि खुशीको कुरा हो । हामी जितकै लागि खेल्नेछौं । माल्दिभ्सलाई हराउँदै सबै नेपालीलाई खुसी दिने प्रयास गर्नेछौं । ’