माल्दिभ्सबिरुद्ध नेपालको उत्कृष्ट पुनरागमन जित

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सबिरुद्ध उत्कृष्ट जित हात पारेको छ ।

खेलको १८ औं मिनेटमा नेपालले गोल खान पुगेको हो । माल्दिभ्सका खेलाडीले क्रसमा ट्याप इन गोल गर्दै १-० को अग्रता बनाएको हो ।

४२ औ मिनेटमा अभिषेक रिजालले नेपालका लागि गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएको हो ।

दोस्रो हाफ सुरु भएको ६ मिनेटमै नेपालले अनन्त तामाङको गोल मार्फत २-१ को जित दर्ता गर्न सफल भयो ।