मार्सेलो र जिदान बिच विवाद भए पछि ग्रानाडा विरुद्धको खेलको लागि उनी टिमबाट बाहिर

रियाल म्याड्रिडका डिफेन्डर मार्सेलोलाई बिहीबार रात ग्रानाडा विरुद्धको खेलको लागि टिमको सूचीबाट बाहिर राखिएको खबर छ र प्रबन्धक जिदान र मार्सेलो बिच बहस भएको कारण जिदानले उक्त निर्णय लिएको गोल डट कमले खबर गरेको छ।

ब्राजिलियन डिफेन्डर मेन्डीको विकल्पको रूपको भूमिकामा प्रत्याभूत भए पछि आफ्नो जिदान सँग मार्सेलो निराश थिए।

३३ वर्षका डिफेन्डरले यो सिजन धेरै खेल समय पाएका छैनन् भने उनी धेरै जस्तो समय बेन्चमा हुने गर्छन् भने ग्रानाडा विरुद्धको खेलमा मेन्डीको चोटको कारण उनले खेल्ने मौका थियो तर गोलले पुष्टि गरेको छ कि मार्सेलो ग्रानाडा विरुद्धको खेलको लागि टिम हुने छैनन् उक्त निर्णयको कारण मार्सेलो र जिदान बिच विवाद भएको खुलेको छ।

मार्सेलो जिदानको रणनीति र लाइन-अप निर्णयहरूबाट निराश हुँदै गइरहेका छन्, र मङ्गलवार को प्रशिक्षण सत्रमा यो मुद्दा बारे जिदान र मार्सेलो बिच विवाद भएको गोलले दाबी गरेको छ।

मार्सेलो र जिदान बिच विवाद पछि जिदानले उनलाई ग्रानाडा विरुद्धको खेलको लागि टिमको सूचीबाट बाहिर गरेको गोलले बताएको छ। हाल मेन्डी चोटको कारण टिमबाट बाहिर रहेको बेला र अब मार्सेलो म्याड्रिडको टीमबाट बाहिर छन्, जिदानले एकेडेमी उत्पादन मिगेल गुटेरेजलाई खेलाउने खबर छ।