‘ला लिगा निकै कठिन भएको छ’ – मार्सेलो

रियल म्याड्रिडले शनिबार रातमा रियल मल्लोर्काको बिरूद्ध लालिगा स्याट्यान्डरको शीर्षमा फर्कने सुनौलो अवसर गुमाए, लस ब्लान्कोस बालेरिक मल्लोर्का संग १-० ले पराजित भयो।

मार्सेलो चोटपटक पछि टिममा फर्के र उनको प्रदर्शनमा सकरात्मकता देखा परेको छ , यद्यपि उनले स्पेनिश लिगको वर्तमान शक्ति उल्लेख गरे।

“हामी हरायौं तर हामीले अघि बढिरहनु पर्छ,” मार्सेलोले भने।

“येस्तो खेल गुमाउन पुग्दा दुख लाग्छ किनकि हामीले राम्रो खेलेका थियौं। हामीले चाँडो गोल खाएका थियौं र खेलमा फर्किन प्रयास गरे, तर यो सम्भव भएन।

“हामीसँग सोच्ने समय थिएन; उनीहरूले गोल गरे र बचाव गरे, हामी संग कुनै बहाना छैन।

“हामीले अन्तिम समय सम्म राम्रो खेल्नु पर्छ। हामीले केहि अभावमा केही खेलहरू जित्यौं। हामी सबै खेल जित्न कोशिस गरिरहेका छौं तर लालिगा अहिले कठिन छ।”