मार्सेलोले बायर्नका खेलाडीलाई भने “तपाईंले मेरो आँखामा खुशी ल्याउनुहुन्छ”

रियल म्याड्रिडको मार्सेलोले इन्स्टाग्राममा अल्फोन्सो डेभिसको बार्सा बिरूद्धको उत्कृष्ट प्रदर्शनप्रति प्रतिक्रिया दिएका छन्। डेभिसले बार्सा बिरुद्ध यस सिजनको सबभन्दा उत्कृष्ट असिस्ट मध्ये एक सिर्जना गरे ।

बायर्न म्युनिखका लेफ्ट ब्याक अल्फोन्सो डेभिसले च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा बार्सिलोनाको बिरूद्ध अविश्वसनीय प्रदर्शन गरे र उनको सबैले प्रशंसा गरेका छन् र रियल म्याड्रिडका स्टार मार्सेलोले पनि इन्स्टाग्राममा उनको फोटोमा कमेन्ट गर्दै उनको प्रशंसा गरेका छन्।

रियाल म्याड्रिडको मार्सेलोले क्यानाडाको फुल-ब्याकको इन्स्टाग्राममा प्रशंसा गर्दै लेखे। “जब म तपाईको खेलेको देख्छु तपाईंले मेरो आँखामा खुशी ल्याउनुहुन्छ।”

डेभिसले मार्सेलोको प्रशंसालाई धन्यवाद गर्दै जवाफ दिए।

बायर्न म्युनिखले बार्सालाई च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा ८-२ले हराएको थियो उक्त खेलको धेरै चर्चा भएको छ भने बार्साले आफ्नो कोचलाई बर्खास्त पनि गरेको छ।  अब बायर्न म्युनिखले सेमीफाइनलमा लियोन संग खेल्ने छ।