मार्सियाललाई क्लब नछाड्न युनाइटेडका पुर्व स्ट्राइकरको सुझाव

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर युनाइटेडका फ्रेन्च फर्वार्ड एन्टोनी मार्सियाललाई क्लब नछाड्न युनाइटेडका पुर्व स्ट्राइकरले सुझाव दिएका छन्। रिपोर्टका अनुसार युनाइटेडका पुर्व स्ट्राइकर डिमिटार बर्बाटभले मार्सियाललाई क्लब नछाड्न र टोलिमा आफ्नो स्थानका लागि लड्न सुझाव दिएका छन्।

युनाइटेडले हालै जर्मन क्लब बोरुसिया डोर्ट्मण्डबाट ७३ मिलियन पाउन्डमा जेडन सान्चो भित्र्याएका छन् भने युनाइटेडका युवा खेलाडी मेसन ग्रिनवुडले पनि क्लबका लागि उत्कृष्ट प्रदर्शन गरिरहेकाले युनाइटेडको स्टार्टिङ ११ मा मार्सियाललाई प्रतिस्पर्धा झन् बढेको छ। रिपोर्टका अनुसार टोलिमा स्थानका लागि बढेको प्रतिस्पर्धालाई मार्सियालले सकारात्मक रुपमा लिनुपर्ने बर्बाटभको सुझाव रहेको छ।
२५ वर्षका फ्रेन्च खेलाडी मार्सियाल २०१५ मा फ्रेन्च क्लब मोनाकोबाट युनाइटेडमा अनुबन्ध भएका थिए। उनले युनाइटेडका लागि २५८ खेलमा ७८ गोल गरि सकेका छन्। इटालियन क्लब इन्टर मिलानको नजर उनी माथी रहेको भनिएको छ।