मार्टिनेज र लुकाकुको गोलमा इन्टर मिलानको जित

इटालियन लिग सिरी ए अन्तर्गत आज आइतबार भएको खेलमा इन्टर मिलानले ससुओलो माथी जित निकालेको छ ।

ससुओलोको घरेलु मैदानमा भएको खेलमा इन्टरले दोस्रो मिनेटमा नै लौटारो मार्टिनेजको गोल मार्फत अग्रता लियो ।

१६ औं मिनेटमा ससुओलोका बेरार्डीले गोल गर्दै खेल बराबरीमा ल्यायो ।

खेलको ३२ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै इन्टर मिलानलाइ पुर्न अग्रता दिलायो ।

४५ औं मिनेटमा लुकाकुले पेनाल्टी मार्फत गोल गर्दै ब्यक्तिगत दोस्रो र टिमलाई तेस्रो गोल गरे ।

७१ औं मिनेटमा लौटारो मार्टिनेजले पेनाल्टी मार्फत गोल गर्दै इन्टरलाइ ४-१ को अग्रता दिलायो ।

७४ औं मिनेटमा डुजुरिकिकले ससुओलोलाइ गोल गर्दै खेलमा फर्कने आशा देखाए ।

८१ औं मिनेटमा बोगाले गोल गर्दै ससुओलोलाइ खेलमा ल्याउन कोशिस गरे तर खेल ३-४ मै रोकियो ।

जित संगै इन्टर लिगको दोस्रो स्थानमा यथावत् रहेको छ भने शीर्ष स्थानको युभेन्ट्स भन्दा मात्र १ पोइन्टले तल छ ।