मार्कस रैशफोर्ड भन्दा कम खेल खेलेका सर्जियो रामोसले गत सिजन उनि भन्दा बढी गोल गरे।

गत सिजनको अन्त्य तिर सर्जियो रामोसको राम्रो प्रदर्शनले म्यान्चेस्टर युनाइटेड फ्यानहरु लज्जीत पर्ने छ किनकि गत सिजन म्यान्चेस्टर युनाइटेडका २१ वर्षका स्ट्राइकर मार्कस रैशफोर्ड भन्दा रियल म्याड्रिड ३३ वर्ष डिफेंडरले बढी गोल गरेको तथ्याङ्क आएको छ ।

रियल म्याड्रिडका ३३ वर्षका कप्तानले गत सिजन ५३ खेलमा १७ गोल गरे र उनले ३,६४५ मिनेट खेलेका छन् तर मार्कस रैशफोर्डले भने ५८ खेल खेलेर १६ गोल गरेका छन्। २१ वर्षका स्ट्राइकरले ३,६६९ मिनेट खेलेका थिए। ३३ वर्षका डिफेंडरले भन्दा ५ खेल बढी खेले पनि मार्कस रैशफोर्डले उनि भन्दा कम गोल गरेका छन् ।