फिफा विश्वकपका लागि सेनेगलले टिम घोषणा गरेको छ । सेनेगलले शुक्रबार २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
SADIO MANE WILL BE GOING TO THE WORLD CUP 🏆🇸🇳 pic.twitter.com/uzdb1BtAZ9
— ESPN FC (@ESPNFC) November 11, 2022
ब्रेमेनसंगको खेलमा माने घाइते भए पछि उनले २०२२को फिफा विश्वकप गुमाउने ठुलो सम्भावना रहेको थियो तर हालै सेनेगलले आफ्नो विश्वकप टिम सार्वजनिक गरेको छ र उक्त टिममा माने पनि समावेश भएका छन्।
माने खेल सुरु भएको १५ मिनेटमा चोट बोक्न पुगेका थिए – उनको घुँडामा चोट लागेको थियो भने उनले विश्वकप गुमाउन सक्ने धेरै फ्यानहरूको डर थियो तर चोटको बाबजुद उनी आफ्नो टिम सँग कतार जाने भएका छन्।
Official. Senegal list for the World Cup includes Sadio Mané. 🚨🇸🇳 #WorldCup2022
Full squad: pic.twitter.com/UwEja4nW30
— Fabrizio Romano (@FabrizioRomano) November 11, 2022
खुट्टाको टेण्डन चोट बोकेका मानेले यस अघि विश्वकप गुमाउने बताईएको थियो । कतार विश्वकपमा सेनेगल समूह ‘ए’ मा रहेको छ ।
सेनेगलले नोभेम्बर २१ मा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ । दुई पटकको अफ्रिकन वर्ष खेलाडीको अवार्ड जितेका सेनेगलको एक महत्त्वपूर्ण खेलाडी हुन् भने विश्व कपमा सेनेगलले नेदरल्यान्ड, आयोजक कतार र इक्वेडरको सामना गर्ने छ ।