माने विश्व कपबाट बाहिरिए

एजेन्सी । सेनेगलका स्ट्राइकर साडियो माने विश्व कपबाट बाहिरिएको छ । घुँडाको शल्यक्रिया गरे पछि मानेले विश्व कप गुमाउने भएको हो ।

सेनेगल फुटबल संघका अनुसार मानेले सुरुको एक खेल गुमाउने जनाएको थियो । तर, एमआरआई स्कानमा थप जटिलता देखिए पछि शल्यक्रिया गर्नु पर्ने भएको हो ।

बायर्नका लागि खेल्ने क्रममा मानेले चोट बोक्न पुगेका थिए । उनले नोभेम्बर ८ मा वेन्डर ब्रेमेनसंगको खेलमा घाइते भएका हुन् ।

कतार विश्व कपमा सेनेगलले आफ्नो पहिलो खेल सोमबार नेदरल्यान्डसंग खेल्दैछ ।

समुह ‘ए’ मा सेनेगल सहित नेदरल्यान्ड, कतार र इक्वाडोर रहेको छ ।