‘माने चौथौ स्थानमा हुनु लज्जास्पद’ – मेस्सी

बार्सिलोनाका स्टार लियोनेल मेस्सी जसले क्रीतिमानी छैठौं पटक बालोन डि’ओर अवार्ड जित्न सफल भयो । उनले लिभरपुलका स्ट्राइकर साइडियो मानेलाइ फिफा दि बेस्टको लागि भोट गरेका थिए ।

मानेलाई किन भोट गर्नुको कारण सोध्दा मेस्सीले येसो भने, “माने चौथो स्थानमा हुनु निकै लाजको कुरा हो ।”

“तर यो बर्ष निकै उत्कृष्ट खेलाडीहरु आएका छन् । त्यसै कारण पनि कुनै एक बिशेष खेलाडी छान्नु गाह्रो भयो ।

“तर मैले मानेलाई भोट दिए किनकि उनी मलाई मन पर्ने खेलाडी हुन् । उनको प्रदर्शन लिभरपुलका लागि एकदम उच्च रह्यो, त्यसैले मैले उनलाई रोजे ।”