पूर्व चेल्सी स्ट्राइकर डेम्बा बाले भने कि बालोन डि ओरमा जहिले बार्सिलोनाको सुपरस्टार मेस्सीलाई स्थान दिएको र मानेले जित्न योग्य भएको दाबी गरे।
पूर्व प्रीमियर लिगका फरवार्ड बाले ‘अफ्रिकन प्लेयर अफ दि इयर’ मानेसँग व्यक्तिगत र सामुहिक दुबै तथ्याङ्कले गर्दा बालोन डि ओर जित्न योग्य रहेको बताए।
“मैले सँधै भन्ने गर्छु यदि तपाईं मेनेको तथ्याङ्क र मेस्सीको २०१९ सँग बदल्नुस, त्यही पनि मेस्सीले जित्छ, कम गोल गरे पनि।
“मानेले च्याम्पियन्स लिग, सुपर कप जित्यो, उनले अविश्वसनीय सिजन खेले र प्रीमियर लिगमा संयुक्त शीर्ष गोलकर्ता रहे, त्यो मात्र होईन, ऊ सबै खेलहरूमा निर्णायक थियो। मलाई विश्वास थियो कि उस्ले पर्ने थियो ।”
बाले थपे “म यो कुरा धेरै खेलाडीसंग गरे। तिनीहरू भन्छन् ‘हो, मेस्सी एक राम्रो खेलाडी हो’। अवश्य पनि, सबैलाई थाहा छ!
“यदि सादियोले मेरो सामु आएर म मेस्सी भन्दा राम्रो खेलाडी हुँ भन्यो भने म उस्लाई थप्पद हान्छु र भन्छु ‘केटा चुप लाग तर २०१९ मा मेरो दृष्टिकोणमा मानेको सिजन राम्रो गयो।”