“मानेलाई विश्वकपको लागि फिट पार्न झाक्रीको प्रयोग गर्ने छौ”

विश्वकप अघि सेनेगलका साडियो माने घाइते हुन पुगेका थिए भने उनी यो वर्षको फिफा विश्वकप गुमाउने क्रममा रहेको बेला सेनेगलका फिफा महासचिव, फात्मा समौराले साडियो मानेको लागि झाक्रीको प्रयोग गर्ने दाबी गरेका छन्।

“हामी ‘विच डाक्टर’ अथवा झाक्रीको प्रयोग गर्न जाँदै छौँ,” उनले युरोप १ लाई बताइन्।

“मलाई थाहा छैन (यदि तिनीहरू प्रभावकारी छन् वा छैनन्) तर पनि हामी यस समय तिनीहरूको प्रयोग गर्न जाँदै छौं।

“हामी चमत्कारको आशामा छौँ। माने त्यहाँ विश्वकपमा हुनु पर्छ!”

मङ्गलवार राती भएको खेलमा वेन्डर ब्रेमेनसंगको खेलमा माने घाइते हुन पुगेका थिए भने उनको उक्त चोटको कारण उनले सेनेगल सँग यो वर्षको विश्वकप गुमाउने ठुलो सम्भावना रहेको छ।

माने खेल सुरु भएको १५ मिनेटमा चोट बोक्न पुगेका थिए । उनको घुँडामा चोट लागे पछि सानेले मानेको स्थानमा मैदान प्रवेश गरेका थिए ।

माने सेनेगलको एक महत्त्वपूर्ण खेलाडी हुन् भने उनलाई विश्वकपमा हेर्न धेरै फ्यानहरुको चाहना रहेको छ भने सेनेगलले झाक्रीको प्रयोग गर्ने भएको छ। अफ्रिकी राष्ट्रहरुमा फुटबलको लागि झाक्री र श्रापहरुमा धेरै प्रयोग र विश्वास हुने गरेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ