मानेको गोल बाबजुद रोनाल्डो बिहिन अल नासरको हार

साउदी अरबको शीर्ष डिभिजन लिग अन्तर्गत सिजनको पहिलो खेलमा अल नासरले हार बेहोरेको छ ।

स्टेभेन जेरार्डको अल इत्तिफाकबिरुद्ध अग्रता जोगाउन नसक्दा २-१ गोल अन्तरले पराजित भएको हो ।

चोटका कारण रोनाल्डो बिहिन रहेको अल नासरको कप्तानी साडियो मानेले गरेको थियो । उता अल इत्तिफाकमा भने पुर्व लिभरपुलका कप्तान जोर्डन हेन्डर्सन रहेको थियो ।

कप्तान मानेले नासरका लागि चौथो मिनेटमा गोल गर्दै अग्रता दिलाएको थियो ।

४७ औं मिनेटमा रोबिनले गोल गर्दै अल इत्तिफाकका लागि खेलमा फर्काए ।

मौसा डेम्बेलेले ५३ औं मिनेटमा गोल गर्दै अल इत्तिफकलाई २-१ को पुनरागमन जित दिलाए ।

जेरार्डको नियुक्तिमा अल इत्तिफाकले पहिलो खेलमा जित निकाल्न सफल भएको हो ।