माउरिसियो पोचेटिनो पिएसजीको नयाँ कोच बन्ने क्रममा छन् र उनि संग पिएसजीले ठुलो योजनाहरु बनाउने खबर छ।
Mauricio Pochettino 'will re-unite Lionel Messi with Neymar when he becomes PSG boss' https://t.co/0Di5J1TgLT
— MailOnline Sport (@MailSport) December 26, 2020
टुचेललाई पिएसजीले बर्खास्त गरे पछि पोचेटिनोले उनको ठाउँ लिने भए पछि फ्यानहरु केहि उत्साहित छन्। उनको आगमन पछि उनले क्लबमा कठोर परिवर्तन ल्याउने खबर छ र ट्रान्सफर विन्डोमा पनि उनले नयाँ स्टार खेलाडी साइन गर्ने खबर छ।
Mauricio Pochettino ‘to make stunning Lionel Messi transfer bid at PSG’ https://t.co/iJSe8Vu91p
— The Sun Football ⚽ (@TheSunFootball) December 26, 2020
नेमार जस्तो सुपरस्टार रहेको क्लब उनले थप स्टारहरु भित्राउन सक्ने खबर छ। उनको योजना टोटनह्यामका स्टार मिडफिल्डर डेली एली भित्राउने रहेको छ भने बार्साका सुपरस्टार मेस्सी संग पनि पिएसजीको नाम जोडिएको छ।
पोचेटिनोले मेस्सीलाई क्लबमा भित्राउन मद्दत गर्न सक्ने पिएसजीको विश्वास रहेको छ। यद्यप, मेस्सी साइन गर्न पिएसजीले एम्बाप्पेलाई बेच्न पर्ने हुन सक्ने खबर छ। एम्बाप्पेको प्रस्थानको बावजुद पोचेटिनो संग नेमार, मेस्सी जस्तो खेलाडीको साथ उत्कृष्ट पिएसजी टिम हुने छ।