माउरिन्हो फुटबलमा चाडै फर्कन – राम्रो प्रस्ताव पर्खँदै

पुर्व म्यान्चेस्टर युनाइटेड प्रशिक्षक जोसे माउरिन्हो हालै कुनै क्लबबाट अनुबंध छैनन् उनि आजकल फुटबल पण्डितको रुपमा धेरै देखिने गर्दा छन् तर उनि प्रशिक्षक रुप चाडै फर्किने खबर आएको छ।


५६ बर्षका माउरिन्होलाई गत डिसेम्बरमा प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेडले बर्खास्त गरेको थियो ।

‘म फुटबलमा फर्किन निकै भोको छु । तर सही क्लबको प्रतिक्षामा छु । र सही कामको प्रतिक्षामा छु ।’ उनले भनेका छन् ।

‘म त्यही चिज गर्न चाहन्छु । जुन चिज मलाई गर्न मन पर्छ । म काम गर्न मन पराउँछु । र मलाई अन्य खेल समेत मन पर्छ । र यो आनन्द लिने अर्को मौका हो ।’ उनले थपे ।

उनले चेल्सीका नयाँ प्रशिक्षक फ्रान्क लाम्पार्डको बिषयमा भने प्रतिक्रिया दिन अस्विकार गरे । माउरिन्होले चेल्सीमा मुख्य प्रशिक्षकको रुपमा पाँच बर्ष बिताएका थिए ।

क्लब फुटबलका सफल प्रशिक्षक माउरिन्होलाई कीर्तिमानी मुल्यमा चीनियाँ क्लब हेर्न समेत प्रस्ताव आएको छ । उनले पोर्टो, ईन्टर मिलान, रियल मड्रिड जस्ता विश्व स्तरीय क्लबमा प्रशिक्षकको रुपमा काम गरिसकेका छन् ।

उनले जुनसम्म प्रशिक्षकको रुपमा आफु फर्कने आशा ब्यक्त गरेका थिए । तर पछिल्लो समय उनी कुनै देशको राष्ट्रिय टिममा काम गर्न ईच्छुक रहेको बताउन थालेका छन् ।