महेन्द्र सिंह धोनीलाई क्रिकेटबाट सन्यास लिन दबाब

भारतीय क्रिकेट टिमका पूर्व तथा विश्व विजेता कप्तान महेन्द्रसिंह धोनीको आलोचना पछिल्लो समय बढ्दै गएको छ।उनलाई अहिले क्रिकेटबाट सन्यास लिन धेरैले दबाव दिएको छ।

भारतीय समर्थकहरु भने धोनीको पक्षमा रहँदै सन्यास लिन दबाब दिनुको साटो उनले भारतीय टिममा गरेको योगदानको कदर गर्दै अन्तिम निर्णय लिने अधिकार धोनीमाथि छाड्नु पर्नेमा जोड दिइरहेका छन् ।

धोनीले अन्तर्राष्ट्रिय क्रिकेटमा हासिल गर्नुपर्ने सबै उपलब्धि हासिल गरेकाले उनले आफैँ सन्यास लिन दिनु पर्ने उनीहरुको तर्क रहेको हो।

विभिन्न मेडियाले इंग्ल्याण्ड विश्वकपमा उनको ब्याटिङका कारण पनि भारतीय टिम पराजित भएको आरोप लगाउँदै टिम छनोट समितिका संयोजक एमएसके प्रसादले धोनीलाई  टिमबाट निकालने संकेत गरेका छन्।

उनका अनुसार धोनीको पछिलो समय खेलबाट आफूहरु आश्चर्यमा परेको बताए। धोनीको प्रदर्शन एकदम कमजोर रहेको र आक्रामक ब्याटिङ आशा गर्न नसकिने भएकाले अब युवा खेलाडीहरुलाई मौका दिनु पर्ने बेला आएको उनको भनाइ छ।