महिला साफ यु-१५ : नेपालले भुटानलाई हरायो

ढाका । बंगलादेशमा जारी चौथो संस्करणको महिला साफ यू–१५ च्याम्पियनसिपमा नेपालले भुटानलाई ७-० को फराकिलो गोल अन्तरले हराउदै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

बिहिबार ढाकामा भएको खेलमा नेपालले दक्षिण एसियाली प्रतिद्वन्द्वी भुटानलाई हराउन वर्षा ओलीले ४ गोल गरिन् ।

पहिलो हाफमा ४-० गोलले अगाडि रहेको नेपाल दोस्रो हाफमा थप ३ गोल गर्यो ।

दोस्रो हाफमा सुक्रीया मियाले दुई र रेनु परियारले एक गोल गरिन् ।

खेलको ६५ औं मिनेटमा भुटानका किपरले रातो कार्ड पाए पछि भुटान १० खेलाडिमा समेटिएको हो ।

पहिलो जितको खोजीमा रहेको भुटान जितविहिन रहेको छ । मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई बंगलादेशले ८-० गोल अन्तरले हराएको थियो ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ ।

डबल राउण्ड रोबिन लिगको आधारमा हुने यो प्रतियोगिताको शिर्ष स्थानको टोलिले उपाधी जित्नेछ ।