ढाका । बंगलादेशमा जारी साफ महिला यू–१५ च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो जित निकालेको छ । नेपालले बुधबार सम्पन्न खेलमा भुटनलाई १–० ले हराउँदै लगातार तेस्रो जित निकालेको हो । यसअघि नेपालले भुटानलाई ७–० र आयोजक बंगलादेशलाई १–० ले हराएको थियो ।
ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्ताफा कमल स्टेडियममा भएको तेस्रो खेलमा नेपालको जितमा सेनु परियारले निर्णायक गोल गरिन् । उनले खेलको ४९ औं मिनेटमा गोल गरेकी हुन् । यो जितसँगै तीन खेलमा ९ अंक जोडेको नेपाल शीर्ष स्थानमा उक्लिएको छ । चारै खेलमा पराजय बेहोरेको भुटान अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरियो ।
आज नेपालको जितपछि अंक तालिकामा बंगलादेश दोस्रो स्थानमा खस्किएको छ । अघिल्लो खेलमा भुटान नेपालसँग ७–०, बंगलादेशसँग ८–० र ९–० ले पराजित भयो । तेस्रो जितसँगै नेपालले उपाधि जित्ने सम्भावना पनि बढाएको छ । उपाधि जित्न नेपालले अब शुक्रबार चौथो खेलमा बंगलादेशसँग बराबरी खेले पुग्छ । यदि सो खेलमा पराजित भएको खण्डमा चाहिँ नेपाल उपाधि जित्न चुक्नेछ ।