महिला विश्वकप फुटबल: अमेरिका सेमिफाइनलमा, आयोजक फ्रान्स स्तब्ध

Soccer Football - Women's World Cup - Quarter Final - France v United States - Parc des Princes, Paris, France - June 28, 2019 Megan Rapinoe of the U.S. celebrates scoring their first goal REUTERS/Benoit Tessier

अमेरिका महिला विश्वकप फुटबल २०१९ को सेमिफाइनलमा पुगेको छ । शुक्रबार बेलुका भएको क्वाटरफाइनल खेलमा आयोजक फ्रान्सलाई २/१ ले पराजित गर्दै अमेरिकाले अन्तिम चारमा स्थान तय गरेको हो ।

अमेरिकाको जितमा दुवै गोल मेगन रापिनोइले गरेकी हुन् । फ्रान्सका लागि वेन्डी रिनार्डले एक गोल फर्काइन् ।

खेलको ५ औँ मिनेटमा रापिनोइले गोल गर्दै अमेरिकालाई १/० को सुरुवाति अग्रता दिलाइन् । उनले फेरि ६५ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि अमेरिकाको अग्रता दोब्बर भयो। फ्रान्सका लागि रिनार्डले ८१ औँ मिनेटमा एक गोल फर्काइन् तर थप गोल गर्न सकेन्।

सेमिफाइनलमा अमेरिकाले इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।