महिला टिमको बन्द प्रशिक्षण श्रावण ३ गतेबाट हुने

काठमाडौं, राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले २०२२ एएफसी महिला एसियन कपको छनोटका लागि ४५ खेलाडी बन्द प्रशिक्षणमा बोलाएको एनफाले जानकारी दिएको छ। बन्द प्रशिक्षण श्रावण ३ गते देखि सुरु हुनेछ।

एएफसी छनोटमा नेपाल समुह एफमा फिलिपिन्स र हङकङसंग रहेको छ।

एसियन छनोट नेपालमा सेप्टेम्बर १३-२५ तारिखमा हुनेछ भने एसियन कप भारतले आयोजना गर्नेछ।

खेलाडीहरू:
अन्जना राना मगर, अंजिला तुम्बापो सुब्बा, उषा नाथ, सबित्रि किसन, सपना राई, रेणुका नागरकोटे, सरू लिम्बू, अनिता बस्नेत, अनिता केसी, गीता राना, अंजली योन्जन, प्रीति राई, निशा थोकर, श्रीजना चेम्जोङ, हीरा कुमारी भुजेल, रबीना गोले, सुषमा तामाङ, पुनम जरघा मगर, कविता धिमाल, सुनीता चौधरी, बिमला बीके, दीपा राई, सपना लामा, रश्मि घिसिंग, शर्मिला थापा, इंदिरा राई, बिमा चौधरी, अमृता जैसी, घिम कुमारी गुरुङ , श्रीजना खड्का, निर्मला विक, मनीषा राउत, पूजा राणा, निर्मला उपाध्याय, रेखा पौडेल, दीपा न्यौपाने, सिवनी कुश्वर, सरस्वती हमाल, अमीषा कार्की, कुसुम खतिवडा, श्रीजना सिङ, ​​सबिता राना, सलोनी राना मगर, चुम्लुङ्मा राई।