महिला ओलम्पिक छनौट : नेपालको महत्वपूर्ण भिडन्त आज बंगलादेशसँग

Nepali players celebrate after scoring a goal against Bhutan during the Fourth Women's SAFF Championship in Siliguri of India, on Monday, December 26, 2016. Photo Courtesy: ANFA

एएफसी महिला ओलम्पिक छनौटतर्फ महत्वपूर्ण मानिएको खेलमा आज नेपालले तुलनात्मक रुपमा कमजोर आँकिएको बंगलादेशको सामना गर्दैछ ।

म्यानमारको राजधानी यांगुनस्थित थुवुन्ना स्टेडियममा नेपाली समयअनुसार २:१५ मा शुरु हुने आजको खेलमा नेपालले निश्चित जित हात पार्नुपर्नेछ । त्यस्तै आज नै हुने अर्को खेलमा आयोजक म्यानमार र भारतले पनि निश्चित नतिजा निकाल्नु पर्नेछ

छनौट चरणतर्फ समूह सी मा रहेको म्यानमार र भारतको समान ४–४ अंक छ । त्यस्तै नेपालको २ अंक छ भने पुछारमा रहेको बगलादेश अंकविहीन छ ।