अखिल नेपाल फुटबल संघ (एन्फा) कोरोना भाइरसको महामारीबाट बच्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो भौतिक संरचना प्रयोग गर्न दिने जनाएको छ ।
एन्फाले विज्ञप्ति जारी गर्दै आइतबार भनेको छ, ‘अखिल नेपाल फुटबल संघको भौतिक संरचनाहरू ललितपुरको एन्फा कम्प्लेक्सको होस्टल, बुटवल र धरानको फुटबल एकेडेमी होस्टल, रौतहटको महिला फुटबल एकेडेमीको होस्टल, अस्थायी क्वारेन्टाइन र आइसोलेसनको लागि आवश्यक परेको खण्डमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उपयोग गर्नसक्ने जानकारी गराउन चाहन्छु ।’
साथै उसले देशका अरु खेलकुदका भौतिक संरचनाहरूलाई पनि आवश्यक परे उपलब्ध गराउन अनुरोध गरेको छ ।