“महँगो लुगा नलगाएकोमा म देखेर टिममेटहरू हाँस्छन्”

SINGAPORE, SINGAPORE - JULY 21: Matthijs de Ligt of Juventus in action during the International Champions Cup match between Juventus and Tottenham Hotspur at the Singapore National Stadium on July 21, 2019 in Singapore. (Photo by Pakawich Damrongkiattisak/Getty Images)

आफूले महँगो डिजाइनर लुगा नलगाउने हुनाले क्लबका अन्य खेलाडीहरू हाँस्ने गरेको युभेन्टसका स्टार डिफेन्डर म्याथिज डे लिग्टले दाबी गरे। २१ वर्षका सेन्टर-ब्याक, २०१९मा £६८ मिलियनमा इटालियन जायन्ट्स युभेन्टसमा आएका थिए र उनी एक प्रसिद्ध खेलाडी भए पनि सामान्य जीवन रुचाउने गर्छन् र सो बारे उनले डच आउट लेट डी वोक्सक्रान्तसँग एक रोचक अन्तर्वार्तामा कुरा गरे।

उनले थुप्रै विषयहरूमा चर्चा गरे जसमा इटालीमा फ्यानहरू कस्तो छन्, जर्जियो चिलीनीबाट सिक्ने र क्रिस्टियानो रोनाल्डोको प्रभावलगायतका विषयहरूमा चर्चा गरिएको थियो।

डच स्टारले आफूले लगाउने लुगा बारे बोले, र यो कुराबाट क्लबमा भएकाहरूको प्रतिक्रिया बारे उनले खुलाए ।

“म जहिले पनि यही पहिरन गर्दछु जुन म हाल गर्दै छु। म महँगो डिजाइनर लुगाहरूको ठुलो फ्यान होइन।”डे लिग्टले डे वोल्स्कक्र्यान्टलाई भने।

“म म्याथिज हुँ, म आफैँ हुँ र तपाईँले मलाई महँगो सुटमा प्रशिक्षणमा देख्नुहुन्न, यो एकदम सरल छ। मेरो पेसा फुटबल खेल्नु हो। म मैदानमा स्टार हुन चाहन्छु।

“कहिले काहीँ मैले लगाएको लुगाको लागि क्लबका मान्छेहरू म देखेर हाँस्छन्, तर मलाई मतलब छैन। जबसम्म मेरो व्यवहार र मलाई मैले लगाएको लुगा राम्रो लाग्छ म सन्तुष्ट छु।

“सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको खेलमा राम्रो प्रदर्शन गर्नु हो, तपाईँले कुनै खास लुगा लगाउनु भएको कुरामा भन्दा पनि मानिसहरूले तपाईँको खेलबाट बढी सम्मान गर्दछन्।”