एसी मिलानका स्टार स्ट्राइकर जाल्टन इब्राहिमोभिच आफ्नो सार्वजनिक व्यक्तित्वको तुलनामा निजी रूपमा धेरै फरक भएको दाबी गरेका छन्।
👤 Ibra habló en entrevista para el canal oficial del AC Milan en donde reveló que no posee cualidades de un jugador egoístahttps://t.co/lFbF87DUVy
— Diario AS (@diarioas) December 4, 2022
इन्टरनेट आफ्नो व्यक्तित्व ठुलो इगो भएको व्यक्तिको रूपमा प्रतिबिम्बित हुने गरे पनि आफ्नो ठुलो इगो नरहेको हाल घुँडाको चोटबाट निको हुने क्रममा रहेका इब्राहिमोभिचले बताए।
“म आफ्नो टिमलाई हरेक तरिकाले सहयोग गर्न चाहने मान्छे हुँ, सबै कुरा आफैँ गर्न चाहने ठुलो इगो भएको व्यक्तित्व म सँग छैन।- जाल्टन इब्राहिमोभिचले एक अन्तर्वार्तामा बोल्दै भने।
“म यहाँ सबै कुरा दिन, मेरो टोलीका टिम-मेटहरूलाई सुधार गर्न, सफलता प्राप्त गर्न र हामीले के गर्दैछौं भनेर बुझ्न मद्दत गर्नको लागि यहाँ मिलानमा खेलेको छु।
“यो एक त्याग हो, कडा परिश्रम हो र हामी यो केवल टाइम पास गर्न को लागी गर्दैनौँ। जब तपाईँ एक सहयोग प्रदान गर्नुहुन्छ, यो गोल स्कोर गर्नु जस्तै महत्त्वपूर्ण छ। म सक्दो सहयोग गर्छु।”
जाल्टन इब्राहिमोभिच आफ्नो विवादास्पद विचार र दाबीहरुको लागि धेरै प्रसिद्ध छन् जसको कारण उनी सँग ठुलो इगो भएको धेरै फ्यानहरूको विश्वास रहेको बेला आफू भित्र इगो नरहेको जाल्टन इब्राहिमोभिचले दाबी गरेका छन्।