मलेसियाले नेपाललाई दियो ८८ रनको लक्ष्य

एसिसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा मलेसियाले नेपाललाई ८८ रनको लक्ष्य दिएको छ।

टस जितेको नेपालले फिल्डिङ रोजेको थियो। पहिलो ब्याटिङ गरेको मलेसिया ४०.५ ‌ओभरमा अलआउट हुदै ८७ रनमा मात्र बनाउँन सक्यो अलआउट भयो।

मलेसियाका लागि मोहमद अमिरले २४ रन जोडे। ३२ बलमा ३ चौका प्रहार गदैं २४ रन बनाए। बलिङ गरेका नेपालका सागर ढकालले १६ रन खर्चिएर ३ विकेट लिए। त्यस्तै कुशल मल्लले २ विकेट र कमलसिंह ऐरी, रासिद खान र तिलकराज भण्डारीले १-१ विकेट लिए।

खेलको विजेताले उपाधिका लागि मंगलबार हङकङ वा सिंगापुरसँग खेल्नेछ।