मलेसियालाई हराउँदै नेपाल फाइनलमा

नेपालीले मलेसियालाई ७ विकेटले हराउदै फाइनलमा स्थान पक्का गरेको छ।

एसीसी यू-१९ इस्टर्न प्रतियोगिता अन्तर्गत आज सम्पन्न सेमिफाइनल खेलमा मलेसियालाई सहजै हराएको हो। पालले टस जित्दै मलेसियालाई ब्याटिङ गर्न लगाएको थियो । नेपालको कसिलो बलिङ सामु मलेसियाको युवा टोलीले ४०.५ ओभर खेल्दै सबै विकेट गुमाउँदै ८७ रन मात्र बनाउन सक्यो।

जवाफी ब्याटिङ गरेको नेपालले १५.५ ओभरमा ३ विकेट गुमाउँदै ९० रन बनाइ लक्ष्य पुरा गर्यो। भिम सार्कीले ३४ बलमा २ चौका र १ छक्का सहित आउट नहुदै ३३ रन र कप्तान रोहित पौडेलले २९ बलमा २ चौका र १ छक्का सहित ३१ रन बनाए। त्यस्तै पवन शर्राफले १६ बलमा १ चौका र २ छक्का सहित १८ रन बनाए ।मलेसियाको लागि हैकल खैरले २ विकेट लिए भने मुहम्मद आमिरले १ विकेट लिए।

नेपालले हङकङ र सिंगापुर विजयी हुने टोलीसँग उपाधिको लागि खेल्ने छ।