मलेसियामाथि नेपालको सहज जित

मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ दोस्रो खेलमा उपाधिको एक्लो दाबेदार टोली नेपालले घरेलु टोली मलेसियालाई ८ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ । १ सय १ रनको सामान्य लक्ष्य पक्ष्याएको नेपाल १२ ओभर ४ बलमा २ विकेटको क्षतिमा १ सय १ रन बनाउदै लक्ष्य सहजै पुरा गरेको हो ।

दोस्रो ओभरमै ओपनर अनिल शाह १ रनमा पेभिलिएन फर्किएपछि तेस्रो नंबरमा ब्याटिङ गर्न आएका कप्तान पारसले आक्रमक अर्ध शतक प्रहार गरेपछि नेपालले सहज जित निकालेको हो । सुरुवाती दुई ओभर सम्म रोकेर ब्याटिङ गरेका पारसले त्यसपछि त पुरै आक्रमक ब्याटिङ गरे । मैदानमा चौका र छक्का बर्षा गर्दिए ।

पारसले ३७ बलमा २ छक्का र ५ चौकार प्रहार गर्दै ५२ रनमा नट आउट रहे । छक्का हान्दै खेल जिताएका ज्ञानेन्द्र मल्लले पनि आक्रमक ब्याटिङ गरे । मल्लले २४ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २७ रनमा नट आउट रहे। ओपनर विनोद भण्डारीले पनि १२ रन बनाउन सके । मलेसियाका पवनदिप सिंह र सिजर्रल आइड्रसले समान एक विकेट हात पारे ।
यस अघि बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले १९ ओभर ३ बलमा अल आउट हुदैँ १ सय रनमा अल आउट भएको थियो । पहलो विकेटको लागि ओपनर सायिद अजिज र शफिक शरिफले ५ ओभरमा ३० रन को साझेदारी गर्दै मलेसियालाई गतिलो सुरुवात दिलाए पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेको घातक बलिङ सामु निरिह सावित भए ।

मलेसियाका ओपनर सायिद अजिज १३ र शफिक शरिफले ४९ रन बनाउन बाहेक मलेसियाका कुनै पनि ब्याटम्यानले नेपाली बलर सामु क्रिजमा टिकेर दोहोरो अंकमा रन जोड्न सकेनन् । तेस्रो विकेटको लागि शरिफ र अमिदले ३९ को साभेदारी गर्दै मलेसियालाई सम्मान जनक स्थितिमा पुर्याउने काम गरेका थिए ।

कुनै समय ११ ओभर १ बलमा ७५-३ को स्थितिमा रहेको मलेसिया सन्दीपको गुग्लीमा फसेपछि १७ ओभर ३ बलमा ९४-९ को स्थिीतिमा पुगेको थियो । शरिफले ३७ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ४९ रनमा आउट भए । शरिफलाई सन्दीपले १२ ओभर ३ बलमा सोमपालको हातबाट क्याच दिदैँ पेभिलिएन फकिएका थिए । नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चेर ५ विकेट लिदाँ सोमपाल कामीले ३ र खड्काले १ विकेट लिए ।