मलेसियन प्रिमियर लिगमा सागर पुन उत्कृष्ट ब्याट्सम्यान

मलेसियन प्रिमियर लिग क्रिकेटको उपाधि क्वालालम्पुरले जितेको छ । आज भएको फाइनलमा युनिर्भसिटी किवानसान मलेसियालाई ७ विकेटले पराजित गर्दै क्वालालम्पुरले उपाधि जितेको हो ।

युनिर्भसिटीले दिएको १०२ रनको सामान्य लक्ष्य क्वालालम्पुरले २५ दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो ।

क्वालम्पुरको जितमा अहमद फहिजले नट आउट ४५ रन जोडे । ७४ बल खेलेका पहिजले ६ चौका प्रहार गरेका थिए ।
यसैगरी नेपालका ब्याट्सम्यान आशिफ शेखले नट आउट ३३ रन जोडे । ४१ बल खेलेका आशिफले ६ चौका प्रहार गरे । अर्का नेपाली ब्याट्सम्यान सागर पुन भने १० रनमै आउट भए ।

पछिल्ला २ खेलमा सतकिय पारी खेलको सागरले आज भने ११ बल खेल्दा २ वटामात्र चौका प्रहार गर्न सफल भए । उनी नजरिल रहमानको बलमा आउट भएका थिए ।