“मलाई सबैभन्दा मनपर्ने खेलाडी रोनाल्डो हुन्”

जाल्टन इब्राहिमोभिचले ब्राजिलका लेजेण्ड रोनाल्डो आफुलाई सबैभन्दा मनपर्ने खेलाडी भएको बताए र जोड दिए कि ब्राजीलका पुर्व स्टार सबै समयका सर्वश्रेष्ठ फुटबलर हुन्।

३९ बर्षेका स्टार स्ट्राइकर इब्राहिमोभिचले आफ्नो खेल क्यारियरमा पेरिस सेन्ट-जर्मेन, म्यानचेस्टर युनाइटेड र एसी मिलान जस्तो क्लबमा सफल समयको आनन्द लिएका छन् । सबै समयका सर्वश्रेष्ठ स्ट्राइकर मध्ये एकको रूपमा सम्मानित इब्राहिमोभिचले स्वीकार गरे कि उनि रोनाल्डोको खेलबाट प्रेरित भएका थिए र उनको शैलीको नक्कल चाहन्थे।

इब्राहिमोभिचले एक अन्तर्वार्तामा भने: “मलाई लाग्छ रोनाल्डो सबैभन्द उत्कृष्ट थिए। उनी यस्तो खेलाडी थिए कि उनले जे गरे पनि वाह हुने महसुस ल्याउने गर्थे! उनले गाह्रो काम गर्न सक्थे र जादू जस्तो थियो।

“उनले बल लिने गर्थे र यस्तो लाग्थ्यो उनले भन्दै छन्, ‘अब म यसको ख्याल राख्छु।’ हामी संग पहिले त्यस्तो प्रकारको फुटबल खेलाडी थिएन र आज पनि छैन। उहाँ अविश्वसनीय हुन्।

“एक युवा खेलाडीको रूपमा मैले उनको खेल हेर्ने गर्थे र आफुलाई भन्थे , ‘म त्यस्तै हुन चाहन्छु’ […] खेलाडी जसले फरक पार्छ, चम्किरहेको प्रकाश, यस्तै सरल।”