“मलाई विश्वास थियो कि हामी लिभरपूललाई हराउने छौं”

एटलेटिको म्याड्रिडका डिफेन्डर जोस मारिया गिमेनेजले लिभरपुललाई च्याम्पियन्स लिगमा नक आउट गरेको बारे बोलेका छन्।

एटलेटिकोले लिभरपूल बिरुद्ध दुवै होम र अवे खेल जितेको थियो।

“मलाई विश्वास थियो कि हामी अर्को राउन्डमा जाने छौं, होम खेल पछिनै मलाई यो सोच थियो ” जिमेनेजले एलेटिको म्याड्रिडका सदस्य डिएगो गोन्जालेजलाई भने

“हामीले धेरै गाह्रो समयको सामना गरेका छौं, तर हामीले हरेस खाएनौं।

“हामीले आफैमा भरोसा राख्यौं र राम्रो सबै प्रयास गर्यो।”

“खेलको अघिल्लो रात म धेरै नर्भस थिए किनकि हामीलाई थाहा थियो यो एकदम गाह्रो खेल हुनेछ।” डिफेन्डरले भने ।

“उनीहरूले त्यो कुरा स्पेनमा देखाए।

“उनीहरूसँग बल जहिले पनि थियो, तर हामी नियन्त्रणमा थियौं र थाहा थियो कि हामी कठिन समयमा छौं।

“तर हामीसँग एक अविश्वसनीय र युवाले भरेको टीम छ, जसले हामीलाई धेरै बल प्रदान गर्दछ।”