बार्सिलोनाका पुर्व स्टार स्ट्राइकर जेभियर सभियोलाको विश्वास छ कि बार्सामा कोचको नेतृत्व जावीले एक दिन लिने छन्।
📻 💬 Javier Saviola (ex-Barça) on @RadioMARCA “I have not only admired Xavi as a football player but also as a friend. What stands out the most is his game vision. I think Xavi will end up coaching Barcelona, he has their DNA.”
— FCBarcelonaFl ⏳ (@FCBarcelonaFl) December 15, 2020
पुर्व बार्सा स्ट्राइकरले सोमबार बलोन डि’ओर ड्रीम टिम समारोहमा रिपोर्टरहरु संग अन्तर्वार्तामा सो बारे कुरा गरे उनले बताए कि जावी संग क्याटालान पक्षको प्रशिक्षक हुन आवश्यक मानसिकता छ।
“आजको दिन स्पेनिश फुटबलमा खुसी मनाउने दिन हो,”‘ बलोन डि’ओर ड्रिम टिममा जावी पर्न सफल भए पछि सभियोलाले रेडियो मार्कालाई भने।
🏆 Javier Saviola en #T4
🗣️ “Yo creo que Xavi acabará entrenando al Barcelona, tiene su ADN. Él se está formando para ganar experiencia y preparándose para llegar. Seguramente elegirá cuándo y cómo vuelve”
📻 https://t.co/ISpqMNO8gw pic.twitter.com/BeRI5A3SXG
— Radio MARCA (@RadioMARCA) December 14, 2020
“मैले जावीलाई फुटबल खेलाडीका रूपमा मात्र हैन एक साथीको रूपमा पनि प्रशंसा गरेको छु। सबैभन्दा मुख्य कुरा के हो भने उनि यो खेलको दूरदर्शी हुन्।
“उनले जहिले पनि आफ्नो वरिपरिको सबै कुरा राम्रो संग नियन्त्रण गर्छन । मलाई लाग्छ कि जावी बार्सिलोनाको कोच हुने छन् , यो उनको डिएनएमा छ।
“उनी अनुभव हासिल गर्न कोचिंग गर्दैछन र त्यो बेन्चमा पुग्नको लागि तयारी गर्दैछन। बार्सिलोनामा कहिले र कसरी फर्किने भन्ने कुरा उनलाई पक्कै थाहा छ।”