“मलाई लुइस स्वारेजको बारेमा प्रस्न गर्न बन्द गर्नुस”

बार्सिलोनाका कोच रोनाल्ड कोम्यानले लुइस स्वारेजको बारेमा हुने प्रस्नहरुबाट आफु दिक्क भएको बताएका छन्। गर्मीमा बार्सिलोनाबाट एटलेटिको म्याड्रिड गएका स्वारेजको खेल निकै राम्रो रहेको छ भने उनको मद्दतमा एटलेटिको ला लिगाको शीर्ष स्थान पुग्न सफल भएको छ।

बार्साको पत्रकार सम्मेलनमा कोम्यानलाई धेरै स्वारेजको प्रस्नहरु हुने गरेको छ र हाल उनि सो प्रस्नहरु बारे आफ्नो असन्तुष्टि देखाए र लुइस स्वारेजको बारेमा प्रस्न गर्न बन्द गर्न आग्रह गरे।

“मलाई यी प्रश्नहरूको उत्तर दिन मनपर्दैन,” प्रशिक्षकले जवाफ दिए।

“उहाँ एक महान् खेलाडी हुनुहुन्छ, तर हामीले लिने निर्णय हामीले लियौं र अब मलाई लुइस स्वारेजको बारेमा प्रस्न गर्न बन्द गर्नुस”

“नत्र उनले गोल गरेको समय तपाईंले मलाई जहिले प्रस्न गर्नु हुने छ ..”