“मलाई बेलसंग कुनै समस्या छैन”

रियाल म्याड्रिडका कोच जिदानले ग्यारेथ बेलसँग आफ्नो कुनै समस्या नरहेको भनेर बताएका छन्।

इबार बिरूद्ध शुरुवात इलेवनमा बेल नपरे पछि उनको बारे फेरी धेरै चर्चा भएको थियो तर कोच जिदानले कुनै समस्या नरहेको बताएका छन।

“यो जहिलेको जस्तो कुरा हो,” जीदानले वर्णन गरे।

“उनी खेल्न सक्षम भएकोमा खुशी छ, उनको अलि अलि ढाड दुखेको कुरा थियो र सायद उनलाई खेल्न गार्हो हुने थियो।

“हामी सबै आउँदो खेलमा केन्द्रित छौं।”

जब बेलसंग उनको सम्बन्धको बारे प्रस्न गरियो, कोच स्पष्ट थिए।

“हार्मो सम्बन्ध सधैं राम्रो रहेको छ,” जिदानले भने।

“जब उनी खेल्दैनन्, यस्तो देखिन्छ कि हामीसँग राम्रो सम्बन्ध छैन।

“हामीलाई थाहा छ उनी कस्तो खालका खेलाडी हुन् र उनले के गर्न सक्छन।

“म बेलले गरेका सबै कुराको सम्मान गर्दछु र तपाईले बेलको बारेमा के लेख्नु हुन्छ म नियन्त्रण गर्न सक्दिन, तर हाम्रो सम्बन्ध सामान्य छ।”