“मलाई बेलसँग तुलना गर्नु मिल्दैन”

म्यानचेस्टर युनाइटेडका विंगर डेनियल जेम्स भन्छन् कि उनलाई रियल म्याड्रिड स्टार ग्यारेथ बेलसँग तुलना गर्नु गलत छ।

जेम्सले क्लब र देशका लागि आफ्नो क्यारियरको राम्रो शुरुआत गरेका छन्, स्वानसिमा प्रभावशाली पहिलो पूर्ण सिजन पछि गत गर्मीमा युनाइटेडमा उनि £१५ मिलियनमा एक थिए ।

“मलाई लाग्दैन कि तपाईं उहाँसँग (बेल) मलाई तुलना गर्न सक्नुहुन्छ,” जेम्सले स्काई स्पोर्ट्सलाई भने। “उहाँसँग वेल्समा खेल्नु मेरो लागि ठुलो कुरा थियो।

“येदि कोहीले उसलाई चिन्दैनन भने, उनि एक महान मान्छे हुन्, उनि धेरै राम्रो छन् वास्तवमै।

“उहाँ युवाहरु संग राम्रो हुनुहुन्छ, उहाँ खेलको क्रममा राम्रो प्रेरणा हुनुहुन्छ। तर उहाँसँग मलाई तुलना गर्नु अलि बढी हुन्छ मलाई लाग्छ।

“उनले आफ्नो क्यारियरमा ज गरेका छन् त्यो निकै उत्कृष्ट छ, लेफ्ट ब्याकबाट एक लेफ्ट मिडफिल्डर बने र उनले च्याम्पियन्स लिग पनि जिते। उनको जटिलता निकै उत्कृष्ट छ ।

“उनि जस्तो खेलाडीलाई प्रेरणा मान्नु सामान्य कुरा हो, तर उहाँसँग तुलना गर्नु केही मूर्खतापूर्ण छ।”