रोनाल्डो नाजारियोले आफू रियाल म्याड्रिडमा हुँदा बेलाको हास्यास्पद कथाहरूबारे एक अन्तर्वार्तामा बोलेका छन् ।
उनका अनुसार रियल म्याड्रिडले उनलाई पार्टीहरूमा जान रोक्नको लागि सुरक्षा गार्डहरू लिने गर्थे – गार्डहरू अन्ततः उनी सँगै पार्टीहरूमा रमाइलो गर्दै गर्ने पनि उनले बताए।
Ronaldo Nazario Reveals Real Madrid Used To Hire Security To Stop Him Partying In Hilarious Interview – https://t.co/tsQbkUfPCX pic.twitter.com/KOwrCZA4iB
— afrovues (@afrovues) September 9, 2020
ब्राजिलका सुपरस्टार २००२ मा म्याड्रिडमा सामेल भए र त्यो समय एक सुपरस्टार थिए फुटबल मैदान भित्र र बाहिर पनि। उनी पिच बाहिर भव्य जीवनशैली र रमाइलो गर्न पर्ने व्यक्ति थिए।
रोनाल्डो नियमित रूपमा स्पेनी राजधानीमा पार्टी गर्ने गर्थे जसले क्लब अध्यक्ष फ्लोरेन्टिनो पेरेजलाई नाराज गर्ने गरेको कुरा उनले आफै खुलाए।
“मलाई पार्टी गर्न रोक्न बाट फ्लोरेन्टिनोले मेरो ढोका अगाडी सुरक्षा गार्डहरू राख्न पर्ने भएको थियो,” रोनाल्डो मार्कालाई बताए।
Ronaldo Nazario Talks About His Parties In An Interview With Jorge Valdano https://t.co/4X6ipGhiqH
— Managing Madrid (@managingmadrid) September 9, 2020
“मैले उनीहरूलाई पनि ड्रिबिल गर्दै पछि पारे भने। कोही म सँगै पार्टीहरूमा सामेल हुने गर्थे!
“कहिलेकाहीँ म अत्यन्तै धेरै पार्टी गर्ने मान्छे हुन सक्छु, तर वास्तवमै त्यस्तो नराम्रो थिएन। म सधैँ जिम्मेवार थिएँ र मैले सधैँ आफ्नो शरीरलाई चोट नपु .्याउन प्रयास गरेको छु।”