“मलाई पार्टीहरुमा जान रोक्न रियल म्याड्रिडले सुरक्षा गार्डहरुको प्रयोग गर्नु पर्ने हुन्थ्यो”

रोनाल्डो नाजारियोले आफु रियाल म्याड्रिडमा हुँदा बेलाको हास्यास्पद कथाहरुबारे एक अन्तर्वार्तामा बोलेका छन् ।

उनका अनुसार रियल म्याड्रिडले उनलाई पार्टीहरुमा जान रोक्नको लागि सुरक्षा गार्डहरु लिने गर्थे – गार्डहरू अन्ततः उनि संगै पार्टीहरुमा रमाइलो गर्दै गर्ने पनि उनले बताए।

ब्राजिलका सुपरस्टार २००२ मा म्याड्रिडमा सामेल भए र त्यो समय एक सुपरस्टार थिए फुटबल मैदान भित्र र बाहिर पनि। उनि पिच बाहिर भव्य जीवनशैली र रमाईलो गर्न पर्ने व्यक्ति थिए।

रोनाल्डो नियमित रूपमा स्पेनी राजधानीमा पार्टी गर्ने गर्थे जस्ले क्लब अध्यक्ष फ्लोरेन्टिनो पेरेजलाई नाराज गर्ने गरेको कुरा उनले आफै खुलाए।

“मलाई पार्टी गर्न रोक्न बाट फ्लोरेन्टिनोले मेरो ढोका अगाडी सुरक्षा गार्डहरु राख्न पर्ने भएको थियो,” रोनाल्डो मार्कालाई बताए।

“मैले उनीहरुलाई पनि ड्रिबिल गर्दै पछि पारे भने। कोहि म संगै पार्टीहरुमा सामेल हुने गर्थे!

“कहिलेकाँही म अत्यन्तै धेरै पार्टी गर्ने मान्छे हुन सक्छु, तर वास्तवमै त्यस्तो नराम्रो थिएन। म सँधै जिम्मेवार थिएँ र मैले सधैं आफ्नो शरीरलाई चोट नपु .्याउन प्रयास गरेको छु।”