“मलाई थाहा छ मेरो बार्सिलोना भविष्यमा अनिश्चितता छ”

स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार टिम बार्सिलोना लेभान्टेसँग ३-३ गोलको बराबरीमा रोकिए पछि बार्साको लिग उपाधि आशामा धक्का लागेको छ। उक्त बराबरी पछि बार्साले शिर्ष स्थानमा उक्लिने मौका गुमाएको छ र क्लबका कोच रोनाल्ड कोम्यान उक्त बराबरीबाट खुसी छैनन् र उक्त खेलले आफ्नो बार्सा भविष्यमा अनिश्चितता आएको उनले स्वीकार गरे।

“कोचहरू जहिले पनि प्रश्नहरूको सिकार हुने गर्छन्,” कोम्यानले खेल पछि भने। “तर म बुझ्छु कि उक्त खेलको दोस्रो दोस्रो हाफ पछि, त्यहाँ प्रश्नहरू छन्।

“हामी निराश छौँ र हामी के सोचिरहेछौँ के भयो। हामीले अगाडि बढ्नुपर्नेछ र अर्को सिजनको लागि तयारी गर्नुपर्नेछ।

“एक कोचको रूपमा, तपाईँ सधैँ जिम्मेवार हुनुहुन्छ। हामीले हाफ टाइमको समयमा वार्ता गर्‍यौ सुधार गर्ने र हाम्रो तीव्रतालाई कम गर्न नहुने बारेमा। हामी आशावादी थियौँ, हामी २-० अगाडि थियौँ। तपाईँ त्यहाँबाट बराबरीमा खेल पुग्ने आशा गर्नुहुन्न।”

“हाम्रो उद्देश्य सबै तीन खेलहरू जित्नु थियो र आशा छ कि अन्यले अङ्क गुमाउनेछ,” कोम्यानले भने। “तर अब यो गाह्रो छ।

“खेल ९० मिनेटसम्म रह्यो र हामी दोस्रो हाफमा धेरै हरायौँ। उनीहरू [ लेभान्टे ] ले समस्या निम्त्याए र हामी राम्रोसँग डिफेन्ड गर्न सकेनौँ।”

“यो धेरै निराश छ। के भयो भनेर बुझ्न असम्भव छ। यसलाई व्याख्या गर्न गाह्रो छ।”