“मलाई थाहा छैन पोग्बा को हो”- रियल म्याड्रिड अध्यक्ष पेरेज

रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज आइतवारको सुपेरकोपा डे एस्पाना जित पछि आफ्नो टीम संग धेरै खुशी थिए।

जेडाहमा उनको पक्षले एटलेटिको म्याड्रिडलाई हराए पछि पेरेजले आफ्नो खुशीयाली लुकाउन सकेनन्। पेरेजलाई साउदी टेलिभिजनले नया खेलाडी हस्ताक्षर गर्नेको बारेमा सोधे।

म्यान युनाइटेड मिडफिल्डर साइन गर्नेको बारेमा प्रश्न गर्दा पेरेजले मजाक गरे, “पोग्बा को हुन् मलाई थाहा छैन।”

थिबाउट कोर्टियस र भल्भर्डेले संग र आफ्नो सबै खेलाडीसँग खुसी रहेको उनले बताए।

“हामी स्पेनिश सुपर कपका योग्य विजेता हौं र धेरै खुसी छौं,” पेरेजले भने।