“मलाई जावी माथि कुनै शङ्का छैन”

ला लिगा क्लब बार्सिलोनाले आफ्नो नयाँ कोचको रुपमा आफ्नो लेजेण्ड खेलाडी जावी हर्नान्डेजलाई नियुक्त गर्ने धेरै चर्चा हुँदै गर्दा म्यान सिटीका कोच पेप गार्डियोलाले जावीको लागि आफ्नो समर्थन देखाएका छन्। रोनाल्डो कोम्यानको बर्खास्त पछि बार्सा हाल नयाँ कोचको खोजीमा रहेको छ र हाल क्लबलाई अन्तरिम कोचले हेर्ने भए पनि बार्साको योजना जावीलाई भित्राउने रहेको स्पष्ट छ।

कोम्यानको बर्खास्त र जावीको सम्भावना ’bout पूर्व बार्सा कोच पेपले आफ्नो राय दिएका छन्। गार्डियोलाले रोनाल्ड कोम्यानको बर्खास्तमा आफ्नो सहानुभूति व्यक्त गरे भने अल सादका प्रशिक्षक र पूर्व बार्सिलोना स्टार जावी नियुक्त भएमा जिम्मेवारी लिन उनी तयार रहेको बताए।

“रोनाल्ड र मलाई थाहा छ कि हाम्रो काम खेलको नतिजामा निर्भर छ हामी नतिजामा निर्भर छौ र नतिजाको लागि बाँचिरहेका छौँ। उनले भने।

“राम्रो नतिजा बिना कोही पनि बाँच्न सक्दैन, न कोम्यान, न पेप । म यति मात्र भन्न सक्छु कि उहाँ मेरो साथी हुन्, म उहाँलाई शुभकामना दिन्छु, हामी छिट्टै कुराकानी गर्न सक्छौँ भने मेरो आशा छ।

“जावीको ’boutमा- मलाई थाहा छैन के हुन गइरहेको छ। यदि यो भयो भने मलाई कुनै शङ्का छैन उनी काम गर्न तयार छन्। उनलाई खेल थाहा छ, उनको जोस छ र म पक्का छु कि उनीसँग अब धेरै अनुभव छ। म पहिलो पटक बार्साको कोच बनेको समय  भन्दा उनी सँग अहिले धेरै अनुभव छ।”