“मलाई एलियनहरूले अपहरण गरेको थियो”- डिएगो म्याराडोना

डिएगो म्याराडोनाले आफ्नो जीवनमा धेरै अनौंठो कार्यहरू गरे र फेरी पनि उनले अनौंठो लाग्दो कुरा गरेका छन्।

यस पटक उनले आफुलाई एलियनहरूले अपहरण गरेको दावी गरेका छन्।

१९८६को विश्वकप विजेता सबै समयका सर्वश्रेष्ठ खेलाडी मध्ये एकको रूपमा परिचित छन् तर उनी दुबै, पिच भित्र र बाहिरको आफ्नो एन्टिक्सको लागि पनि प्रख्यात छन्।

सोहि कारण धेरै आश्चर्यचकित मान्ने छैन जब उनले दावी गरे कि उनलाई एक पटक अपहरण गरिएको थियो।

अर्जेन्टिना स्पोर्ट्स च्यानल टीआईसी स्पोर्ट्ससँग कुरा गर्दै गर्दा एलियनहरूको विषयमा कुरा निस्कंदा उनले भने “किन कुरा बनाइन्छ?, एकचोटि, मैले धेरै पिएपछि, म तीन दिनको लागि घर भन्दा टाढा भएको थिए ।”

“म घर पुगेँ र भने कि युएफओले मलाई लगेको थियो। मैले भने ‘तिनीहरूले मलाई लगे ।”

“म सबैलाई यसको बारेमा भन्न सक्दिन।’