“मलाई अझै पनि रियल म्याड्रिड मन पर्छ

बार्सिलोनालाई च्याम्पियन्स लिगबाट नकआउट गर्न पिएसजीलाई मद्दत गरे पछि गोलकिपर केलर नाभास गर्वले भरिएका छन्।

पूर्व रियल म्याड्रिड गोलकिपरले बार्सा विरुद्ध पिएसजीलाई ५-२को जित दिलाउन मद्दत गरे भने दोस्रो लेगको खेलमा उनले मेस्सीको पेनाल्टी पनि बचाए। केलर विरुद्ध मेस्सीले गोल गरे तर पेनाल्टीमा केलरले मेस्सीलाई रोकेका थिए।

“म पिएसजीको मद्दत गर्न खुसी छु, तर म म्याड्रिडलाई अझै माया गर्छु। “मेरो कथा अहिले पेरिसमा छ,” उनले भने।

“मलाई थाहा थियो कि मेस्सीले आफ्नो क्यारियरमा ६० भन्दा बढी पेनाल्टी लिएका थिए, तर म अर्को चरणमा जान पाउँदा खुसी छु।

“म धेरै खुसी छु किनकि मुख्य कुरा पिएसजीलाई सहयोग गर्नु हो।”