चेल्सीले नपोली फरवार्ड ड्राइस मर्टेन्सलाई क्लबमा अनुबन्ध गर्न लागि परेको छ।
यी ३२ बर्षिय फरवार्डको मुल्य नापोलीले £५ मिलियन राखेको छ।
चेल्सीका मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डले क्लबले नयाँ फरवार्ड नभित्रएको भनेर बोर्ड सामु गुनासो गर्दै गर्दा मर्टेन्सलाई भित्राउन लागेको हो।
मर्टेन्स आक्रमकको सबै स्थान जस्तोमा खेल्न सक्ने खुबी राख्छ। चेल्सीले ओलिभियर गिरोडलाई बेच्न उस्को स्थानमा मर्टेन्सलाई भित्राउन लागेको हो।
डिसेम्बरमा मर्टेनसको बारेमा कुरा गर्दै उन्को एजेन्ट फेडेरिको पास्तोरेलोले भने: “यदि मैले बजारमा राम्रो अवसरको बारेमा सोच्ने हो भने यो नेपोलीबाट मर्टेन्सको हुनेछ। उस्को सम्झौता जुलाईमा सकिदै छ।
“उ एउटा अद्भुत खेलाडी हो। मलाई लाग्छ उनी चाँडै नै क्लबको इतिहासमा सबभन्दा बदी गोल गर्ने खेलाडि हुनेछ। उसले च्याम्पियन्स लिगमा आफूलाई प्रमाणित गरिसकेको छ किनकि उसले त्यस प्रतियोगिता र राष्ट्रिय टोलीमा गोल गरेको थियो। मलाई लाग्छ कि त्यस्ता खेलाडी, जस्को सम्झौता सकिदै छ, त्यो एउटा राम्रो अवसर हो।
“प्रत्येक खेलाडी वास्तवमै कम्तिमा एक पटक प्रिमियर लिगमा खेल्न चाहन्छ। त्यसैले मलाई लाग्छ कि उनी प्रिमियर लिगमा खेल्न पाउँदा खुसी हुनेछ। मलाई लाग्छ कि उस्ले प्रेमियर लिग खेल्न पायो भने उ एकदमै खुशी हुने छ। उ प्राविधिक रूपमा राम्रो खेलाडि हो र प्रेमियर लिगमा सफल हुने छ।”