मनाङ गभरनर्स गाेल्डकपकाे फाइनलमा

मनाङ मस्र्याङदी क्लव भुटानमा जारी गभनर्स गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा मनाङले एटीके रिजर्भसलाई ६–२ को भारी जित निकाल्दै उपाधि नजिक पुगेको हो ।

खेलको सुरुवात देखि नै गोलको बर्षा सुरु गरेको मनाङले आठौं मिनेटमा अञ्जन विष्टको गोल मार्फत अग्रता बनायो । त्यसपछि ४३ औं मिनेटमा डोना थापाले टिमका लागि दोस्रो गोल गरे । पहिलो हाफको इन्जुरी समयमा एटीकेले एक गोल फर्काएको थियो । दुई गोल गरेको मनाङले दोस्रो हाफमा चार गोल गर्यो । ५३ औं मिनेटमा डोनाले तेस्रो गोल गरे ।

७६ औं मिनेटमा रिजर्भसका विमल रानाले चौथो गोल गरे । त्यसपछि ८३ औं मिनेटमा डोनाले गोल गर्दै ब्यक्तिगत ह्याट्रिक पुरा गरे । ८५ औं मिनेटमा सुजल श्रेष्ठको गोल मार्फत मनाङले अन्तर ६–१ मा पुर्यायो । तर अन्तिममा एटीकेले खेलमा एक गोल फर्काएको थियो ।