मनाङलाई गभर्नस गोल्डकपको उपाधि जित्न सफल

मनाङ मर्स्याङ्दी क्लबले गभर्नस गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिक्किममा शनिबार भएको फाइनलमा रेड आर्मी क्लबलाई १ – ० ले हराएर मनाङले उपाधि जितेको हो । गान्तोकस्थित पाल्जोर स्टेडियममा मनाङलाई जित दिलाउन खेलको ८१ औं मिनेटमा सुजल श्रेष्ठले निर्णायक गोल गरे ।

सुजलले सिक्किममा मनाङले खेलेका सबै ३ खेलमा गोल गरे । क्वार्टरफाइनलमा २ गोल गरेका सुजलले सेमिफाइनलमा पनि १ गोल गरेका थिए । सेमिफाइनलमा डोना थापाले ह्याट्रिक गरेका थिए ।

दसै अघि भएको ए डिभिजन लिगमा पनि मनाङले विजयी सुरुवात गरेको थियो । मनाङ ए डिभिजन लिगको साविक विजेता टोली हो ।