मनाङमा राष्ट्रिय टिमका तीन खेलाडी अनुबन्धित

काठमाडौं, एन्फाले ए डिभिजन लिग गर्ने भए पछि क्लबहरु खेलाडी अनुबन्ध गर्ने क्रम सुरु गरेको छ। मनाङ मस्याङ्दीले लिगका लागि ३ खेलाडी भित्राएको छ।

राष्ट्रिय टिमका डोफेन्डर दिनेश राजवंशी, अन्जन र रन्जन बिष्टलाई अनुबन्धित गरेको हो।

अन्जनले यस अघि पनि मनाङबाट खेलिसकेका छन। यस्तै रन्जन र दिनेश भने पहिलो पटक मनाङबाट खेल्न लागेको हो।

रन्जनले अघिल्लो सिजन थ्रि स्टारबाट खेलेको थियो भने दिनेश च्यासल युथ क्लबबाट खेलेका थिए। बिदेशी खेलाडी एडेलाजा शोमिडेलाई मनाङले यस अघिनै अनुबन्धित गरिसकेको छ।